बरियारपट्टी ।सीमामा हुने तस्करी र भन्सार चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीदेखि प्रशासनका कर्मचारी खटिएका हुन्छन् । तर, सिरहामा भने कर्मचारी तस्करी नियन्त्रण गर्न होइन बरु कमाउ धन्दामा लागेको देखिएको छ ।https://youtu.be/ohDm8je7uaY?si=OKGsQUoz0r0esOLC

सिरहाको विभिन्न ठाउँमा राजस्व अनुसन्धान विभागको टोलिले छापा हान्न पछि बरियारपट्टी नाकामा तस्करी मौलाएको छ ।भारती बजार लदनिया बाट सामान ल्याउदा बरियारपट्टी को सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,इलाका प्रहरी लक्ष्मिपुर पतारी,सशस्त्र प्रहरी बल सुखिपुर र इलाका प्रहरी सुखिपुर महिना २ गते तिरे पछि मात्र सामान जान दिन्छ एक व्यापारी बताए ।

बरियारपट्टी नाकाबाट प्रतेक दिन सिटी रिक्कशामा (१०० )सयौं बोरा चिनि,मैदा,दूध,कपडा,चाबल,पे पदार्थ ,खैनी ,विद्युतिय लगायतका सामानको तस्करी हुन्छ।
सिरहामा सबैभन्दा बढी कजरा जिझौल, बरियारपट्टी र नरगी नाकाबाट मदिरा वारपार हुने गरेको छ।

विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरुले स्थानीय सुरक्षा प्रमुख वा सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको छ।
‘हामी त आदेशपालक हौं,’ सीमा क्षेत्रमा कार्यरत एक प्रहरी जवानले भने, ‘माथिकै आदेशमा लाइन मिलाएर मालसामान वारपार हुँदा हामीले रोक्ने अवस्था हुँदैन।

स्थानीय प्रहरीसँग सेटिङ मिलाएर थोरै सामान वारपार गर्नेहरु अहिले ठूलै परिमाणमा सामान भिœयाउन थालेका छन्। पछिल्लो समय सिरहा नाकामा तस्करको रजाइँ छ। जिल्ला, इलाका र सीमाका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुरु भएको तस्करी अहिले फस्टाउँदो छ। ‘सेटिङ मिलेपछि तस्करका सामान स्थानीय सुरक्षाकर्मीबाट पक्राउ पर्ने डर हुँदैन,’ सीमावर्ती झाझपट्टीका एक पेट्रोल व्यवसायीले भने, ‘हामीलाई पक्राउ पर्ने डर प्रहरीसँगै हुन्छ। प्रहरीलाई मिलाएपछि टन्ठै साफ।’
राजस्व अनुसन्धान विभाग, इटहरीले असोज १३ देखि १६ गतेसम्म सिरहाका विभिन्न स्थानमा छापा मारेर ३ करोड रुपैयाँभन्दा बढीको तस्करीका मालसामान बरामद गरेको थियो भने सशस्त्र प्रहरीका जिल्ला प्रमुखसहित २८ जनाको जिम्मेवारी खोसिएको थियो।
सिरहाका सीडीओ राजेन्द्रदेव पाण्डेले भने विनाप्रमाण सेटिङमा तस्करी चलिरहेको मान्न नसकिने भन्दै प्रमाण भए कारबाही हुने प्रतिक्रिया दिए ।
प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी भइरहेको छर्लंगै हुँदासमेत टालटुले जवाफ दिएर उम्किने भन्दा पनि राजश्व चुहावट नियन्त्रण गर्न सबै सरोकारवालाहरु इमान्दार हुन जरुरी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !