बरियारपट्टी ।सीमामा हुने तस्करी र भन्सार चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीदेखि प्रशासनका कर्मचारी खटिएका हुन्छन् । तर, सिरहामा भने कर्मचारी तस्करी नियन्त्रण गर्न होइन बरु कमाउ धन्दामा लागेको देखिएको छ ।
सिरहा प्रहरीले भन्सार छली गरी ल्याउदै गरेको १४ पोका कपडा सहित गाडी र चालक पक्राउ गरको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट बिशेष सुचना तथा निर्देशनमा ईलाका प्रहरी कार्यालय धनगढीले उक्त परिमाणको कपडा ,पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ ।
ईलाका प्रहरी कार्यालय धनगढीको अगाडीबाट पश्चिम तर्फ आउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयको बिशेष सुचनाको अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको विशेष सुचनाको अधारमा ज.१च.१९३० नंम्वरको गाडी सहित १४ पोका कपडा सहित एक जना चालकलाई पक्राउ गरेको छ ।सो सम्वन्धि आवश्यक अनुसन्धान भई रहेको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।