बरियारपट्टी ।सिरहाको सशस्त्र प्रहरी नेपाल नम्बर ७ हे क्वा का निरीक्षक दिनेश वोम्जनको कमान्डमा खटिएको ३५ जनाको टोलि,भारतिय सिमा सुरक्षा बल , नेपाल प्रहरी र स्थइले बरियारपट्टीको दशगजा क्षेत्रमा जथाभाबी फालिँको फोहर सफा गरेको छ ।
बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमा पिलर २५६ देखि २५५/३ सम्मको दशगजा क्षेत्र ७ सय मिटरमा फालिएका फोहोर मैलालाई हावाले उडाएर जथाभाबी छर्दा झन् दुर्गन्ध र वायु प्रदूषण बढेको छ ।
फोहोर मैला फालिएको स्थानदेखि ५०० मिटर उत्तरतर्फ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको कार्यालय छ । सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेका फोहोर मैलाको व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेको थियो ।
सुरक्षाकर्मीहरूको टोलीले सोमबार बिहान दशगजा क्षेत्र सरसफाइ गर्दै त्यहाँका पोहोर मैलालाई एक ठाउँमा सङ्कलन गरी आगो लगाइदिएको छ । साथै उनीहरूले सीमा पिलर वरिपरि पलाएको झार जङ्गल पनि काटेर सफा गरिदिएको छ ।
ठगी,डकैती ,अवैध पैठारी निकासी ,हातहतियार ,बिष्फोटक पदार्थ ,लागूऔषध ,मानव वेचबिखन,अवैध हुण्डी र जाली नोट अन्य अपराध क्रियाकलाप नियन्त्रण र स्थानीय गुनासो बुझ्न यो कार्यक्रम भएको सिरहाको सशस्त्र प्रहरी नेपाल नम्बर ७ हे क्वा एसपी शिव प्रसाद गैह्ररी जानकारी दिए ।
सो सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बिओपी बरियारपट्टीको इन्स्पेक्टर नवराज खत्री , इलाका प्रहरी कार्यालय बरियारपट्टीको प्रमुख संजिव साह , भारतीय सुरक्षा बल (एसएसबी) ४१ बटालियन भातगाँउका कमान्डर गान्धी राम, बजार समिति अम्बे यादव स्थानीय लगायत सुरक्षाकर्मीहरू सरसफाइमा खटिएका थिए ।