———-लहान एक्स्पो अश्लिलता र बिकृतिको फ्याक्ट्री, ऐतिहासिक क्रान्तिकारी भूमिलाई पनि अपवित्र बनाउन खोजियो ———-

लहान यस्तो पवित्र र क्रान्तिकारी भूमि हो, जहाँबाट मुलुकमा भएको ऐतिहासिक परिवर्तनहरूको वीजारोपण भएको वीर योद्धाहरूको भूमि हो । तर यस्तो ऐतिहासिक पवित्र भूमिलाई अपवित्र बनाएर नै छाडे जिल्ला उद्योग वाणिज्य सङ्घ लहान सिराहाले ।

जिल्ला उद्योग वाणिज्य सङ्घ लहान सिराहाले आयोजना गरेको लहान एक्स्पोले खुल्लमखुल्ला अश्लिलता र विकृति बाहेक समाजलाई केही दिन सकेनन् । जुन हरेक समुदायको मानस पटलमा विकृति र अश्लिलता फैलाउने फ्याक्ट्रीको रुपमा लहान एक्सपो २०८०/०८१ लाई बुझिने गरेको छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घ लहान सिरहाका अध्यक्ष विकास सारडालाई समाजमा यस्तो घृणित अश्लिलता र विकृति फैलाउने अधिकार कसले दियो त ?
कलाकारको नाउँमा अश्लिलता र विकृति मात्र फैलाउदै आएकी प्रीति पासमान लगायत समाजबाट बहिष्कृत पात्रहरूलाई ल्याएर लाखौं लाख खर्ची समाजमा गन्दगी फैलाउने लाइसेन्स तपाईंहरुलाई कसले दियो ?

जब कि लहान एक्सपोको नारा नै “समृद्धिको आधार कृषि, पर्यटन, उद्योग र व्यापार” हो । तर नारा नारामै मात्र सीमित रहन गयो ।
यसबाट अध्यक्ष विकास सारडाको चरित्र र क्षमतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । व्यापारीहरूको जुन एउटा आशा र भरोसाको रुपमा रहेको अध्यक्ष सारडालाई लहान एक्स्पोले कालोपोती दिएको छ।
एक्सपो स्थानीय कला, साहित्य, संस्कृति, कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा केन्द्रित हुनुपर्दथ्यो तर त्यस्तो पटक्कै भएन । एक्सपोमा राति अश्लिल गीतनृत्य हेर्न मात्र भिड भइरहेको हुन्छ।

हो त, हरेक बजारको आधा जति सटरहरु बन्द गरी व्यापारीहरु पलाइन भइसकेको अवस्था छ। त्यतातिर अध्यक्ष सारडाको ध्यान किन जाँदैन होला ?
अर्कोतिर एक्सपो उद्देश्यभन्दा ठिक विपरीत भएको घृणित अश्लिलता र विकृति फैलाउन केही पत्रकारहरुले प्रमोट गर्ने काममा चौबीसौ घण्टा तमतयार देख्दा घृणा लागेर आउनु स्वाभाविक नै हो । आफ्नो पत्रकारिता पेशालाई अरु पेशासँग साट्दै गर्दा उनीहरूको हैसियतमाथि नै प्रश्न उठेको छ ।

अर्कोतिर, अश्लिलता र विकृतिमा लहान नगरपालिका पनि रमाइरहेको देखियो । के लहान नगर कार्यपालिकाले यही अश्लिलता र विकृतिको फ्याक्ट्री खोल्न ४५ लाख रुपैयाँ दिएको हो ? जुन जनताको छाक र पेट काटेर दिएको पैसा हो ।

एक्सपो उद्देश्य अनुरुप सञ्चालन गराउन लहान नगर कार्यपालिकाको के भूमिका रह्यो त ? अश्लिलतामा नै हो मा हो मिलाउने र बाँडीचुडी खाने बाहेक केही देखिएनन् ।

यो एक्स्पो लहानको लागि कलङ्कको काला धब्बा साबित भएको छ। लहान एक्स्पो प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि पनि रहेको छ । एक्सपोमा त आफ्नो काम, कर्तव्य, भूमिका सबै फोहरको टोकरीमा राख्हदै कालाकारहरुसँग नाच्न र मनोरञ्जन मै व्यस्त भएपछि अरु कामहरु भाडमा जाओस् ।
जय लहान एक्सपो ।

सम्वन्धित समाचार :