सरोकारवाला कमजोरीको कारण बरियारपट्टीमा ५३ मिनेट ढिलो परिक्षा सुचारु 

 बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ जनता माध्यमिक विद्यालय प्रविधिक धार परिक्षा केन्द्रमा ५३ मिनेट ढिलो परिक्षा सुचारु भएको छ ।

जिल्लाको सबै परिक्षा केन्द्रमा निर्धारित समय ८ बजे नै परिक्षा  सुरु भयो तर, बरियारपट्टी परिक्षा केन्द्रमा  अर्थशास्त्र  विषयको प्रश्नपत्र नहुदा ५३ मिनेट ढिलो  परीक्षा सञ्चालन भयो केन्द्राध्यक्ष हरेराम यादवले बताए ।प्रश्नपत्रको लागि जिल्ला, प्रदेश ,केन्द्रमा जानकारी गराए सरोकारवाला नै ढिलो प्रश्नपत्र पठाएको यादव जिकिर गरे।यादवले भने मैले बुधबार नै प्रश्नपत्र राखनेलाई जानकारी गराए भोलि मेरो केन्द्रमा दुई वटा ऐच्छिक विषयको परिक्षा छ तर वहाँले कुनै चासो राखेन ।यस परिक्षा केन्द्रमा अर्थशास्त्रको ५६ जना विद्यार्थीहरु छन

सम्वन्धित समाचार :