बरियारपट्टी ।सिरहाको बरियारपट्टीमा छुट्टाछुट्टै ठाउँमा आगजनी भएको छ। बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ नबटोलिमा एक किराना पसलमा राति ११ बजे  आगजनी  भएको छ ।

आगजनीबाट  फुदन कामतीको १ थान डिफ्रिज, पे पदार्थ  ,काठको र्याक लगायत बिभिन्न सामानहरू जलेर करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अपरिचित ब्यक्तिले काठको कटघारा( काटले बनाएको घर) आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ बरियारपट्टी बाट खटिएको सशस्त्र प्रहर,नेपाल  प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । हाल फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टीमै बिन्दी यादवको३ बटा परालमा टालमा आगजनी हुदा सिरहा नगरपालिकाको दमकल, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयको सहयोगमा  आगो नियन्त्रण गरिएको थियो ।

सम्वन्धित समाचार :