बरियारपट्टी।जिल्ला प्रहरी कार्यालय सिरहा र विधार्थी जनमत संघको आयोजनमा ज. मा.वि.वरियारपट्टी प्राङ्गणमा एक दिने लागूऔषध दुर्वायसन, ओसारपसार तथा रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध हो ।
युवा परिवर्तन गरौ समाज आफै विकसित हुने छविधार्थी जनमत संघका निवर्तमान केन्द्रीय अध्यक्ष पोषन यादव ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी टेकुन्नद ईवा लिम्बू भने यो आर्थिक वर्षको सुरुवातमै पनि लागूऔषधसम्बन्धि कारोबार गर्नेलाई प्रहरीले आफ्नो पन्जामा पार्न सुरु गरिसकेको छ । जिल्लामा पछिल्लो समय बढ्दै गइरहेको लागूऔषधको कारोबारलाई न्यूनीकरण तथा नियन्त्रण गर्न प्रहरीले हरसम्भव कोसिस गरिरहेको सिरहाको एसपी लिम्बूले बताउनुभयो ।
जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घरपरिवार, टोलछिमेक, समुदाय, विद्यालय लगायतका सार्वजनिकस्थलमा लागूऔषधसम्बन्धि जनचेतना फैलाउने कामहरू गरिरहेको एसपी लिम्बूले बताउनुभयो । जनचेतनाका साथसाथै तीव्र चेकजाँच गरी लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई पक्राउगरी कानुनी दायरामा ल्याई मुद्दा अगाडि बढाइएको उहाँले बताउनुभयो ।
“लागूऔषध न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यकताअनुसार नाकानाकामा कडा चेकजाँच गर्छौँ र गरिरहेका छौँ, साथै जिल्लामा पहिलो पटक लागूपदार्थ सेवन (लापसे) चेकजाँच पनि सुरु गरेका छौँ, प्रहरीको मात्र एकल प्रयासले लागूऔषध नियन्त्रण गर्न गाह्रो हुन्छ, समुदायले पनि प्रहरीलाई साथ र सहयोग गर्नुपर्छ” एसपी लिम्बूले भन्नुभयो ।
कार्यक्रममा लागूऔषध प्रयोग गरेपछि समाज र प्रयोग कर्तालाई कस्तो असर गर्छ र यश कुलत बाट बच्न के के गर्नुपर्छ भन्ने विद्यार्थीलाई जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाको इन्सपेकटर हेमन्त राई दिए ।
कार्यक्रममा बरियारपट्टी गाउँपालिका अध्यक्ष संन्तोष महतो ,जनमत पार्टी औरहीको अध्यक्ष रामभुवन यादव , इलाका प्रहरी कार्यालय बरियारपट्टी प्रहरी प्रमुख विरेन्द्र यादव , शिक्षक,विधार्थी,अभिभावक लगायतको उपस्थिति थिए ।कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक विरवल यादवले गरेको थियो ।