दृष्टि विशेषज्ञ- रमेश शाह

बर्दिबास

कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सम्पूर्ण बिद्यालयहरु बन्द गरि भर्चुअल मध्यमबाट कक्षा सुचारु गर्न कुरा सबैमा सर्बबिदितै छ! जसले गर्दा कम्प्युटर ल्यापटप, ट्याबलेट, मोबाइल जस्ता आधुनिक उपकरण को प्रयोग झन् बढ्दो क्रममा देखिएको छ !

लामो समयसम्म अनलाइन कक्षामा ब्यस्त हुने भएकोले आँखा झिम्कयाने सामान्य दर भन्दा पनि कम झिम्कयाने,स्क्रीनको प्रकाश आवश्यकता अनुसार कम नगरी लामो समयसम्म काम गरि रहेको हुनाले आँखा थाक्ने,पोल्ने,दुखने,रातो हुने,टाउको दुखने जस्ता समस्याहरु आउने गर्दछ||

यस्ता समस्याहरु बाट टाढा रहनलाई केहि सामान्य नियमहरु पालना गर्नुपर्ने हुन्छ!

(१)कम्प्युटर प्रयोग गर्दा आफु भन्दा २०-३० इन्च टाढा तथा आँखाको स्तरभन्दा २-३ इन्च तल हुने गरि मिलाउनुहोस र प्रयोग गर्दा आफुभन्दा १६-१८ इन्च टाढा राखेर प्रयोग गर्नुहोस!

(२)सामान्य मानिसले प्रति मिनेट १२-१५ पटक सम्म आँखा झिम्कउनु पर्दछ! जसले गर्दा नयाँ आँसु बन्ने र पुरानो आँसु आँखा बाहिर जाने प्रक्रिया निरन्तर चलिरहेको हुन्छा

(३)प्रयाप्त मात्रामा पानी पिउने जसले गर्दा एकछिनको लागि भएपनि आँखाले बिश्राम पाउनुको साथै आँसु निर्माण कार्यमा मद्दत पुर्यौदछ!

(४)आँखामा केहि समस्या नदेखिएतापनि आधुनिक उपकरण प्रयोग गर्दा blue -coated चश्मा लगाएर काम गर्ने बानी बसाल्नुहोस जसले घातक पराबैजनी किरणहरुलाई सोसेर आँखालाई रक्षा गर्दछ।

(५)हरेक २० मिनेटमा कम्तिमा २० सेकेन्डको लागि २० फिट टाढा रहेको बस्तुलाई हेर्नुहोस!

(६)सुत्नुभन्दा कम्तिमा १ घण्टा आघि आधुनिक उपकरणको प्रयोग बन्द गर्नुहोस!

यदि तपाइलाई आँखा दुखने,पोल्ने,बिजाउने,आँसु आउने समस्या आइहालेमा तुरुन्त नजिकको आँखा डाक्टर वा आँखा अस्पतालमा गई उचित परामर्श लिनुहोस्!

दृष्टि विशेषज्ञ रमेश शाह सगरमाथा चौधरी आँखा अस्पताल लहान द्वारा संचालित आँखा उपचार केन्द्र बर्दिबासका प्रमुख हुन् !

सम्वन्धित समाचार :