
लहान असोज ११ ।प्रदेश नम्बर २ सिरहाको गोलबजारमा आज समाजसेवी द्वारा राहत वितरण गरेको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १ बलडारा निवासी रामऔतार यादवको पिता धार्मिक ब्यक्तित्व एवं समाजसेवी लक्ष्मी यादवको ब्यक्तिगत सहयोगमा गोलबजार नगरपालिका वार्ड नं १ मुकसारका अति बिपन्न ५५ घर परिवारलाई राहत बितरण गरेको छ ।
विश्व कोरोना माहामारीको चपेटामा परेका अति विपन्न, दुई छाक हातमुख जोर्न समेत समस्या परेका गोलबजार १ का ५५ घर परिवारलाई राहत बितरण गरेको स्थानिय रामऔतार यादवले बताए ।
लकडाउनले दैनिक ज्यालादारी समेत गर्न नपाएर छाक टार्न समस्या भएको बेला त्यस्ता विपन्न परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ किलो आलु, १ लिटर खानेतेल, आधा किलो स्वाविन, १ थान मास्क लगायतको सामग्री प्रति घर परिवारलाई एक औपचारिक कार्यक्रमका बीच बितरण गरेको बताए ।