वीरगन्ज,१७ भदौ/

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परवानीपुर गाउँपालिका कमिटीको बैठक आज सम्पन्न भएको छ ।

परवानीपुर गाउँपालिका ४ चैनपुरमा बसेको बैठकमा कोरोना महामारीबाट सुरक्षित रूपमा बच्न र आम जनतालाइ बचाउने पार्टीका कार्यकर्तालाई निर्देशन दिइएको हो ।

कोरोनाको महामारी दिन प्रतिदिन बढदै गएकाले यसबाट आफू पनि जोगिन र आम जनतालाइ जोगाउन सहयोग गर्ने आवश्यक रहेको उनीहरूले बताएका थिए ।

नेकपा परवानीपुर गाउँपालिका अध्यक्ष अमर यादवको अध्यक्षतामा बसेको बैठकमा सहभागी कार्यकर्ताहरुले पार्टीलाई विधि बिधान अनुसार संचालन गर्ने वडा र गाउँपालिका स्तरीय नेताहरुलाइ आग्रह गरेका थिए ।

साथै कुनैपनि कार्यक्रम संचालन वा आयोजना गर्दा पार्टीको सल्लाह अनुसार गर्ने आग्रह समेत गरेका थिए ।

बैठकमा सहभागी नेताहरुले पार्टीलाई एक ढिक्का बनाउन आग्रह गर्दै कुनै पनि नेता ब्यक्तिगत आफ्नो स्वार्थमा पार्टीलाई प्रयोग गर्ने खोजे त्यस्को बिरोध गर्ने आग्रह गरेका थिए ।

पार्टीको नाम ब्यक्तिगत गुट चलाउनेलाई कारवाहीको माग समेत गरेका छन ।
बैठकमा नेकपा नेताका ध्रुव यादव , सुरेश यादव , गजेन्द्र पटेल , राम यादव , सतेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार :