मुकेश यादव बरियारपट्टी
सुन्दा खेरि अचम्म लाग्न सक्छ तर सत्य यही हो ।फिल्मि एस्टाईल एक जानले करोडौं रकम ठगी गर्न भियायो।
कृषि ज्ञान केन्द्र सिरहाका करार कर्मचारी अजय कुमार कर्णले सयौं किसानसँग अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी करोडौं रुपैयाँ असुल गरि फरार भएका छन् । आफुँहरुले अनुदानको ‘ट्राक्टर’ पनि नपाएको र रकम फिर्ता पनि नपाएको भन्दै पीडितहरु यतिवेला भौतारीरहेका छन् ।

लामो समयसम्म ‘ट्राक्टर’ नपाउँदा पीडितहरुले आफुँहरुको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ‘ट्राक्टर’ नपाउँने सबैको रकम फिर्ता गरिदिने भन्दै विभिन्न मितिका नबिल र ग्लोवल आइएमई बैंकको चेक सहीछाप गरि पीडितलाई दिए । पीडितले पटक पटक बैंक जादा पनि उक्त खातामा रकम नभएको जानकारी पछि चेक अनादारमा बैंकिङ कसुर सम्बन्धि जिल्ला प्रहरी प्रसासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्ट सहित निवेदन दिए । प्रहरी कार्यालय सिरहाका अनुसार निज कर्ण फरार रहेको र खोजी कार्य जारी रहेको छ । सिरहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेका अनुसार फरार कर्णको ‘केवाइसी’ अध्ययन भैरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता गरि कार्वाही अगाडी बढाइने छ ।
आँफुहरुलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका—२ स्थित तुलसीपुरकी पुनिता महतोले बताउँनुभयो । उहाँले भन्नुभया “ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञानकेन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरि ‘ट्राक्टर’ पाउँने आसले अग्रिम अनुदानको आधा रकम बुझाईयो । तर अहिले न ‘ट्राक्टर’ पाइयो, न त रकम फिर्ता नै ।” महताको अनुसार कर्णले गत कात्तिक १९ गते र २० गते नबिल र ग्लोवल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो ।
महतो जस्तै सुखीपुर नगरपालिका—५ का राजकिशोर यादव पनि ठगी गरि कर्ण फरार भएपछि आफुँ मानसिक तनाबमा परेको बताउँनुभयो । यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरीयारपट्टी, लक्ष्मीपुर पतारी लगाएतका स्थानबाट ११ जना स्थानीयले जम्मा रू ९६ लाख निज कर्र्णलाई ‘ट्राक्टर’ पाउने आश्वासनमा बुझाएको जानकारी दिनुभयो । यादवको अनुसार प्रत्येक पीडित व्यक्तिहरुबाट रू पाँच लाखदेखी नौ लाखसम्म लिइएको थियो । केही बैंक मार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिनुभयो ।
पीडितहरुको एकिन तथ्यांक नभएपनि सयौंको सङ्ख्यामा हुन सक्ने स्थानीय मनोज यादव बताउनुहुन्छ । उहाँको अनुसार नागरिकको कम्तिमा पनि रू १० करोड बराबरको रकम हिनामिना गरि कर्ण फरार भएका छन् । फरार कर्णको सिरहा नगरपालिका—१० स्थायी घर हो । अहिले दैनिक दर्जनौ पीडित व्यक्तिहरु घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेव लाल कर्णले जानकारी दिनुभयो । छोराको बद्मासीका कारण यतिबेला आँफु तनाबमा परेको भन्दै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उहाँले बताउँनुभयो ।

यता कृषि ज्ञानकेन्द्र सिरहाले भने फरार रहेका कर्ण का.सं (कार्यालय सहयोगी) मात्र भएको जानकारी दिएको छ । पीडितका अनुसार कर्णले नासु (नायव सुब्बा)को परिचयपत्र झुण्डाएको बताएपनि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठले भने कर्ण कार्यालय सहयोगी मात्र भएको र विगत दुई महिनादेखी तलब पनि नलिएको जानकारी दिनुभयो । कर्णले सर्वसाधरणको रकम हिनामिना गरेको सम्बन्धमा आँफु जानकार नभएको प्रमुख महासेठले बताउनुभयो ।

सम्वन्धित समाचार :