सिरहाको बरियारपट्टी गाउँ पालिकामा दुई दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सगरमाथा  आँखा अस्पतालको प्राविधिक सहयोग र बरियारपट्टी गाउँ पालिकाको आयोजनामा  निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। 

जेष्ठ  ३गते देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ३ सय ८४ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।

बरियारपट्टी गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख राम जुलुमको अनुसार उक्त शिविरमा ३ सय ८४ जनाको आँखा निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो। सो शिविरबाट १सय४१ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको छ। शिविरमा आँखा जाँच गराएकामध्ये  ५० जनालाई सशुल्कमा चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ३ सय ७० जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि तथा गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतोले भने यो कार्यक्रम चिसो मौसमा नै गर्नुपर्ने थियो केहि  कारण ढिलो भयो ।अर्को बर्ष देखि चिसो मौसममा नै हुन्छ भन्नै प्रतिबद्धता समेत गरे ।वडा नम्बर ४ का वडा अध्यक्ष नवीन कुमार यादवले भने स्वास्थ्य मानिसको ठुलो धन हो ।स्वास्थ्यको समयसमयमा चेकजाँच गराउनु पर्छ ।कार्यक्रमको अध्यक्ष तथा वडा अध्यक्ष बिनोद यादवले भने मानिसको ५ इन्द्रिय मध्य एक अमुल्य इन्द्रिय आँखा पनि हो । हामीले अधिकान्स समय राष्ट्र ,आफ्नो छोराछोरीको प्रगति लागि दिन्छौं तर समयमै स्वास्थ्यको पनि खयाल गर्नु पर्छ ।

सम्वन्धित समाचार :