सिरहा — धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको मंसिर २८ गते साँझ करिब ५ बजे गोली हानी हत्या गरेको आरोपमा फरार रहेका नेपाल प्रहरीका सहायक हवल्दार संम्भु यादवलाई पक्राउ गर्न सफल सहायक हवल्दार रामबाबु यादव अहिले जिल्लाभर चर्चामा छन्।

घटना भएको गाउँमै कार्यरत सहायक हवल्दार संम्भु यादवले वडाध्यक्षमाथि गोली चलाएपछि स्थानीय र सुरक्षा निकाय घटनास्थल नै तनावग्रस्त बनेको थियो। घटनापछि जिल्ला तथा प्रदेशस्तरका सबै सरोकारवाला निकायहरू दोषीको खोजीमा जुटेका थिए।

यसैबीच, निरन्तर खोजतलास र सूचनाको आधारमा सहायक हवल्दार रामबाबु यादवले आफ्नै सहकर्मी तथा आरोपी संम्भु यादवलाई नियन्त्रणमा लिन सफल भएको नेपाल प्रहरीले जनाएको छ। एक सहायक हवल्दारले अर्को सहायक हवल्दारलाई समाती कानूनी प्रक्रियामा लैजानु प्रहरी पेशाप्रतिको कर्तव्यनिष्ठा र इमानदारीको उदाहरण भएको स्थानीयले बताएका छन्।

घटनापछि चिया पसलदेखि पान पसलसम्म रामबाबु यादवको साहसिक भूमिकाको चर्चा भइरहेकाे छ। स्थानीयले उनको सक्रियता, जोखिम मोलेर गरेको काम र अपराधी पत्ता लगाउन देखाएको प्रतिबद्धताको प्रशंसा गरिरहेका छन्।

सम्वन्धित समाचार :