काठमाडौँ । एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएको छ । माइतीघर मण्डलमा उनीहरूबिच भुतलाभुतल भएको हो ।
माइतीघरमा दुई महिलाबिच हात हालाहाल र भुतलाभुतल भएको हो । दुई जनाको झगडा छुट्टाएर प्रहरीले अम्बिका र शोभालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवैको झगडा छुट्टाएर अहिले परिसरमा लगिएको र घटनाबारे बुझ्ने काम भइरहेको बताए ।
