सिरहा — बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बजारमा सरसफाइलाई लक्षित गर्दै “आफ्नो पसल अगाडिको ठाउँ आफैँ सफा गर” अभियान सुरु गरिएको छ। अभियानमा स्थानीय व्यापारी जिवछ चौधरी सक्रिय नेतृत्व लिएका छन्।
जिवछ चौधरीले बजारलाई स्वच्छ, आकर्षक र स्वस्थ बनाउन हरेक व्यापारीले आफ्नो पसल अगाडिको भाग दैनिक सफा राख्नुपर्नेमा जोड दिएका छन्। बजार क्षेत्रमा दिनहुँ सयौँ व्यापारी तथा ग्राहकको आवतजावत हुने भएकाले सरसफाइमा ध्यान दिनु सबैको कर्तव्य भएको उनको भनाइ छ।
अभियानको सुरुवातसँगै साहले आफ्नै पसल अगाडिको क्षेत्र सफा गरेर उदाहरण प्रस्तुत गरेका छन्। साथै, उनले अन्य व्यापारीलाई पनि यस अभियानमा सहभागी भई बजारलाई सफा राख्न आग्रह गरेका छन्।
स्थानीय बासिन्दा र ग्राहकहरूले पनि यस कदमलाई स्वागत गर्दै सरसफाइले स्वास्थ्यमा मात्र नभई बजारको सुन्दरता र व्यापार प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।
सरसफाइ कार्यक्रममा समाजसेवी ,व्यापारी लगातले सहयोग गरेको थिथो ।


