सिरहा — मधेस प्रदेश सभा सदस्य जिवछी यादवले चौरचन पर्व, हरितालिका तीज र गणेश चतुर्थीको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत सांसद यादवले चौरचन पर्वलाई भक्तिभाव, संस्कार र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भन्दै यसले समाजमा आपसी सद्भाव, एकता र पारिवारिक आत्मीयता बढाउने विश्वास व्यक्त गरे।
त्यसैगरी उनले गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनका चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जाका साथ पार गर्न प्रेरणा दिने बताए।
यी दुवै पर्वले दिने शान्ति, श्रद्धा, समर्पण र सद्भावका सन्देशले समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन मार्गदर्शक हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
सन्देशमा यादवले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सम्पूर्णमा स्वास्थ्य, समृद्धि, दिर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला दिनहरू ल्याओस् भन्ने मंगलकामना समेत व्यक्त गरेका छन्।


