काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ ।
अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा सम्मान प्रदान गरिएको हो । यसवर्ष ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।
न्युयोर्कमा आयोजना भएको यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ।
कुलमान घिसिङले पनि अवार्डका आभार व्यक्त गरेका छन् । यतिबेला आफ्नो अभियानलाई लिएर विदेशमा केन्द्रित छन् ।


