सिरहा — सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सिरहाको हुलाकी सडकमा दैनिक रुपमा मादक पदार्थ सेवन (मापसे) जाँच भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख पोषण राज थपलियाको अनुसार नियमित चेकजाँचमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गरिँदै आएको छ।

ट्राफिक प्रहरीका अनुसार विशेष गरी साँझपख सवारी चालकहरूले मापसे गरेर गाडी चलाउने प्रवृत्ति बढेकाले सडक सुरक्षामा चुनौती थपिएको हो। त्यसलाई मध्यनजर गर्दै चेकजाँचलाई थप कडा बनाइएको जनाइएको छ।

प्रहरीको सक्रियता प्रति स्थानीयले सराहना व्यक्त गर्दै नियमित निगरानी कायम राख्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार :