राम पुकार यादव / सिरहा । जिल्ला कारागार सिरहामा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी रहेको छ । क्षमता भन्दा बढी कैदीबन्दी राखिएपछि कारागार भित्र समस्या देखिएको हो । १३५ जना पुरुष र १५ जना महिला गरि जम्मा १५० जना कैदीबन्दी राख्ने क्षमता रहेको कारगार सिरहामा अहिले जम्मा ५ सय १३ जना कैदीबन्दी रहेका छन् । जसमा २७ जना महिला र ४ सय ८६ जना पुरुष रहेको छ, कारागार सिरहाका नियमित प्रमुख राजगिर साहले बताए ।
क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको चौकीदार कैलाश कुमार ठाकुरले बताए। उनले भने, “कारागारमा  क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी स्वास्थ्य र सरसफाइमा समस्या हुने गरेको छ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई कठिनाइ भइरहेको निमित्त जेलर साहले बताए ।
रासनको लागी पर कैदीबन्दी प्रती दिन ७ सय ग्राम चामल र सागसब्जी , नुन, तेल, दाल ,तरकारिको लागि ८० रुपैयाको दरले ब्यबस्था भएपनि दाल तरकारी सागसब्जी नुन तेल अर्थात किराना समानहरु आफ्नै कारागारको गाडी चालक बाट खरिद्न लगाई कैदिबन्दीको पैसा दुरुपयोग भएको चौकिदार कैलाश ठाकुरले बताए । चौकिदार ठाकुरले भने, हामी आफैले खरिद गराई ल्याउदा सस्तो पर्ने समान चालकले खरिद गरि पठाउँदा महँगो कसरी हुने गुनासो गर्दै करागार प्रशासन उपर आरोप लगाएका हुन । उनले भने ,यति मात्र होइन चालकले समान खरिद गरि ल्याइ दिएको बहानामा कारगार भित्र छिर्ने र कैदीबन्दीहरुलाई गुटबन्दी गराउने भडकाउने जस्ता काम गर्ने कर्मचारीलाई कसले सुधार्ने गुनासो गरेका हुन । उता कारगारको सबारी चालक अमरेश कुमार महतोले आफू यस्तो गतिविधि नगरेको दाबी गरे ।

कैदीबन्दीलाई मानवीय व्यबहार नगरेको चौकिदार ठाकुरको आरोप
हामी विभिन्न मुद्दाका कैदीबन्दी भएपनि नेपालको सबिधानले हाम्रो पनि मौलिक अधिकार शुनिश्च्त गरेको छ । तर भन्ने हामी कारागार भित्रको कैदिबन्दीलाई मौलिक अधिकारमा पनि कटौती गरेको दाबि गर्दै आफुहरुलाई कारागार भित्र मानवीय व्यबहार नगरेको चौकिदार कैलाश ठाकुरको आरोप रहेको छ । ठाकुरले भने , शौचालय छ तर त्यसको सरसफाइको लागि आवश्यक सामग्रीहरु उपलब्ध गराइ नदिएको अबस्था मात्रै होइन फोहर सफा गर्ने झाडु समेतको ब्यबस्था गरिदिएको छैन भन्दै कारागार ब्यबस्थापनको लागि कारागार प्रशासन सँग माँग गरेको छ । खानेपानीको लागि पाइप छ तर मर्मत गराइदिएको छैन गुनासो पोखेका छन । सरकारले कैदीबन्दीहरुको लागि औषधि उपचारको सुबिधा दिएपनी समयमा औषधि उपचार नपाएको पथरीको समस्या झेल्दै गरेको एक कैदी सुरेश साहले बताए । साहले भने पथरिको चेकजाँच गराएको महिनौ भयो तर अझै रिपोर्ट आइसकेको छैन । पथरिले आफूलाई सार्है पेन भएको छ । चिन्तामा रहेको सुनाए । यस सम्बन्धि समस्याको बारेमा सिरहाको प्रमुख जिल्ला अधिकारी बासुदेब दहाललाई जानकारी गराउँदा अधिकारी दहाल गम्भीरता देखाउँदै क्विक एक्सनमा आएका थिए ।

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई विद्यमान समस्याबारे पटकपटक जानकारी गराउँदै आएपनि सुनवाई नभएको कारागार प्रशासनले जनाएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि रासन, स्वास्थ्य उपचार, विद्युत र पानीको समेत समस्या भइरहेको चौकीदार कार्कीले बताए। क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ।
जिर्ण भएको कारागार सार्नका लागि यसअघि पटक पटक गृहमन्त्रालयको ध्यानाकर्षण गराएपनि कारागार सार्न नसकिएको जेलर घिमिरेले जानकारी दिए। जिर्ण कारागार नसार्दा कुनै समय ठूलो दुर्घटना हुने सम्भावना रहेकोले कैदी बन्दीहरू चिन्तीत छन्। सदरमुकाम म्याङलुङमा रहेको कारागार २०२८ सालमा निर्माण भएको थियो।

सम्वन्धित समाचार :