बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र नम्बर १ को कोशीपारी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी एमाले ले घरदैलो अभियानलाई तीव्र बनाएको छ।
अभियानका क्रममा लामा काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका छन्। घरदैलो कार्यक्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरेका छन्।
उम्मेदवार लामाले कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको दाबी गर्दै आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “समृद्ध कोशीपारी” निर्माणका लागि एमालेलाई अवसर दिन उनले मतदातासँग आग्रह गरेका छन्।


