२०७० सालको संविधानसभा चुनावमा सप्तरी-३ बाट विजयी भएका उमेश यादव २०७४ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए।

काठमाडौँ —नेकपाका नेता एवं पूर्वमन्त्री उमेश यादव जसपा, नेपालमा प्रवेश गरेका छन् । मंगलबार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा भित्र्याएका हुन् ।

यसअघि पनि तत्कालीन माओवादी केन्द्र छाडेका समाचार आए पनि आफू पार्टीमै रहेको उनले दाबी गरेका थिए ।

२०७० सालको संविधानसभा चुनावमा सप्तरी-३बाट विजयी भएका उमेश यादव २०७४ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए । २०७९ मा भने उनी प्रदेशसभामा उठे तर हारे । उनी सप्तरी २(२) बाट उठेका थिए । पूर्वसिँचाइमन्त्रीसमेत रहेका उमेशलाई जनमत पार्टीका महेश यादवले हराएका थिए । माओवादीमा सक्रिय महेश पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका थिए ।

त्यतिबेला उमेशले एमाले-राप्रपामा गएर जसपाले गल्ती गरेको समेत बताएका थिए । आगामी प्रतिनिधिसभा चुनावका लागि भने उनलाई नेकपाले सप्तरी-२ बाट सिफारिस गरेको थियो ।

सम्वन्धित समाचार :