सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाको सभाहलमा पशु क्वारेन्टाइन कार्यालय विराटनगर द्वारा एक दिने क्वारेन्टाइन समन्वय बैठक सम्पन्न भएको छ।

सीमा क्षेत्रमा पशुजन्य वस्तुहरू आयात–निर्यातका क्रममा देखिन सक्ने जोखिम, रोग नियन्त्रण, निगरानी तथा सहकार्यका विषयमा केन्द्रित उक्त बैठकमा सरकारी निकायका अधिकारी, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

बैठकमा पशु स्वास्थ्य सुरक्षा, सीमा नाका मार्फत हुने अवैध पशु तथा पशुजन्य वस्तुको तस्करी नियन्त्रण, खोप कार्यक्रमको प्रभावकारिता, तथा क्वारेन्टाइन प्रक्रियालाई थप प्रभावकारी बनाउन र जनचेतना मुलक कार्यक्रम आवश्यक रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेषज्ञहरूले संक्रमण जोखिम रोकथाम, जनचेतना अभियान विस्तार, कर्मचारी क्षमता अभिवृद्धि, र संयोजन तथा सहकार्यलाई थप मजबुत बनाउनका सुझावहरू प्रस्तुत गरेका थिए।

बैठकले आगामी दिनमा सिरहा सहित मधेस प्रदेशभर पशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर कार्य अघि बढाउने निष्कर्ष निकालेको छ।

सशस्त्र प्रहरी बलको एसपी  नरेश भण्डारीको अनुसार ८१/८२ मा भारतबाट अवेध रुपमा अणडा १५७ क्रट ,माछा ४४१ केजी कुखुरा ५७० केजी, खशी/बाख्रा ११६,भैंसी १ वटा,गोरु ९ वटा,सुंगुर५५ वटा,कुखुरा ४००पिस,रागा ५ वटा २०८२/८३मा अण्डा ८१ क्रेट,माछा ७२५ केजी ,काचो मासु४६ केजी ,कुखुरा १०५,गाई १ वटा र भैंसी २ वटा भारत वाट अबैध रुपमा भित्रिएका  जानकारी दिए ।पशुजन्य बरामदी गरको पशु क्वारेन्टाइन कार्यालय डाक्टर मुकेशले तथ्यांक बारे जानकारी गराए ।

सम्वन्धित समाचार :