सिरहा । कमला नदीमा १४ वर्षदेखि पनि बन्न नसकेको नयाँ कमला पुल अब स्थानीयस्तरमै चन्दा संकलनमार्फत निर्माण गर्ने घोषणा गरिएको छ।रामरिझन यादव, डा. नवीन कुमार यादव, डा. कृष्णा यादव, डा. जामुन सिंह, इन्जिनियर प्रविण यादव, भरत यादवसहित स्थानीय समाजसेवी, जनप्रतिनिधि र युवा अभियन्ताहरू सयौंको सहभागीमा कमला नदी किनारमा भेला भएर महाअभियानको सुरुवात गरेका हुन्।

उनका अनुसार, वर्षौँदेखि पुल नबन्दा सिरहा–महोत्तरी–धनुषा–सर्लाहीवासीलाई सवारी साधन आवत–जावतदेखि दैनिक जीवनमा अप्ठ्यारो हुँदै आएको छ। सरकारी तर्फबाट पटक–पटक आश्वासन आउँदा पनि काम अगाडि नबढेकाले समुदायकै नेतृत्वमा अब भौतिक निर्माण थाल्ने तयारी गरिएको बताइयो।

कार्यक्रममा वक्ताहरूले मृत्युदर बढिरहेको, बिरामी बोकेर हुलाकिएर नदी तर्ने बाध्यता तथा विद्यार्थी र किसानको दैनिकी कष्टकर रहेको उल्लेख गर्दै “सरकार मौन रह्यो भने हामी आफैँ बनाउँछौँ” भन्ने प्रतिवद्धता व्यक्त गरे।

अभियन्ताहरूले प्रारम्भिक चरणमा चन्दा संकलन, जनश्रमदान र प्रविधिक सहायतासहित काम अघि बढाइने योजना सार्वजनिक गरेका छन्।

सम्वन्धित समाचार :