सिरहा । पछिल्ला केही वर्षयता सिरहा जिल्लामा अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई कडाइ गरिँदै आएको छ। यसको प्रत्यक्ष प्रभाव सीमापारका बजार र तस्करीमा देखिन थालेको छ। भारतसँग जोडिएका बजारमा अहिले चिया–गफमा प्रायः ‘ब्यापार खुम्चियो’ भन्ने गुनासो सुन्न थालिएको छ।
सीमा सुरक्षा कडाइका कारण विगतमा जाले झैँ फैलिएको संगठित तस्करी नेटवर्क छिन्नभिन्न भएको सिमानाकाको भारतीय व्यापारीहरू बताउँछ। सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी सिरहामा कार्यभार सम्हालेपछि गैरकानुनी आवागमनदेखि ठूला–सानाका तस्करी समूहहरू कडा निगरानीमा आएको जनाइएको छ।
यसअघि सीमा क्षेत्रमा ‘बोर्डर आफ्नै घर’ सम्झेर मनोमानी गर्ने तस्कर र त्यस्ता समूहसँग लाभ लिने केही स्थानीय तत्त्व अहिले बिचलित भएको देखिन्छ। उनीहरूले सुरक्षाकर्मीमाथि हिलो छ्यापेर बदनाम गर्ने प्रयाससमेत गर्ने गरेको औरही गाउँ पालिका वडा नम्बर १का दरैहीयाको अन्दाजी वर्ष ५५ उपेन्द्र यादवको भनाइ छ।
मार्डर, इटाटार ,बरियारपट्टी, ब्रहरी,नबराजपुर,ठाडी लगायतका मुख्य सीमा नाकाहरूमा सुरक्षा बल बृद्धिसँगै तस्करीका धेरै प्रयास विफल भएको प्रहरीले जनाएको छ। पछिल्लो समय विभिन्न नाकाबाट तस्करीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर बरियारपट्टी सशस्त्र प्रहरी बलको प्रमुख पशुपति खनालले आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यसले तस्करी गतिविधिमा संलग्न समूहहरूको मनोबल घटेको, स्थानीय स्तरमा अराजक गतिविधि न्यून भएको र सुरक्षातर्फ सकारात्मक प्रभाव परेको देखिन्छ।
अहिले बिराटनगर र बिरगंज नाका बाट सामानहरु ल्याउनुपर्ने बाध्यता भएको ब्यापारीहरू बताउ छ ।
सशस्त्र प्रहरी बलले२०८० कार्तिक १० गते देखि २०८१ गते सम्म ८ करोड ७३ लाख२२ हजार८सय९६ बराबरको अबैध समान समय अनुकूल भन्सार कार्यालय माडर,ठाडी बुझाएको थियो ।त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारी हाजिर भएको २०८१ कार्तिक ११ गते देखि २०८२ मंसिर १८ गते सम्म १० करोड ६४ लाख ११ हजार ५ सय सय ६६ बराबरको अवैध सामान बरामद गरि समय अनुकूल भन्सार कार्यालय माडर खैटोक बुझाएको बताए ।
भण्डारीको अबधिमा चारपाङग्रे सवारी साधन ९ वटा,दुई पाङ्ग्रे सवारी साधन -१ सय २३ वटा,तिन पाङ्ग्रे सवारी साधन -५ वटा,ट्रयाक टोली सहित१ वटा,बस-१ वटा,लागूऔषध ब्राउन सुगर ३६ ग्राम ९ सय ६५ मिलिग्राम,गाँजा ९ सय ८० किलोग्राम,नाइट्रोभेट २ सय ४४ पिस,promethasine hydrochloride injection (२ml ) २ सय ६८ पीस,diazepam ijecton (२ml)३ सय २९ पीस ,लागूऔषध सहित व्यक्ति नियन्त्रण-३५ जना, समातेको बताए ।सिरहा आउने सशस्त्र प्रहरीको नयाँ एसपी रोशन घिमिरे कार्यकाल कस्तो हुन्छ तस्करीको लागि ठाउको दुखाइ र सिरहा बासिन्दाको चासोको विषय बनेको छ ।


