सिरहा — सिरहाको सुखिपुर नगरपालिका–४ मा पति–पत्नी दुवैले विषादी सेवन गरेपछि एक जनाको मृत्यु भएको छ।
बरियारपट्टीकी अमृता यादवले पोखरिया निवासी कमलेश यादवसँग प्रेम विवाह गरेकी थिइन्। दुवैजनाले आइतबार ४ बजे विषादी सेवन गरेको प्रहरीले बताए ।
गम्भीर अवस्थामा रहेका उनीहरूलाई तत्कालै प्रदेशिक अस्पताल लहान पुर्याइएको थियो। उपचारको क्रममा अमृता यादवको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
श्रीमान् कमलेश यादवको अवस्था जटिल भएपछि लहानमा उपचार सम्भव नभएकाले उनलाई विराटनगर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।


