काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ ।
बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठुलो आर्थिक क्षति व्यहोर्नु पर्यो । बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।
_J3yn3BCyIf.jpg)
_NVCiIy3fN8.jpg)
_HXHKAjvXOA.jpg)
बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झन्डै १४ अर्ब भन्दा बढी राजस्व गुम्न पुगेको छ।
_VORaHqQ9cj.jpg)
काठमाडौँबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व सङ्कलनको हिसाबले देशको पाँचौँ ठुलो भन्सार कार्यालयको रुपमा रहेको थियो । तस्बिर : क्षितिज तामाङ, नेपाल फोटो लाइब्रेरी ।
_gBNG5vDMvv.jpg)
_ceXb0Pdwh3.jpg)
_DEpBLYSGGQ.jpg)
_O8MCvNrXn2.jpg)


