सिरहा : जनता समाजवादी पार्टी (जसपा) नेपाल गोलबजार नगर समितिका नगर अध्यक्ष विजय कुमार साहले पार्टीको साधारण सदस्यता तथा नगर अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
साहले कार्यव्यस्तता तथा समय अभावका कारण पार्टीभित्र रहेर प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिन भएको महसुस गरेपछि गम्भीर आत्ममन्थनसहित राजीनामा दिने निर्णय गरेको बताएका छन्।
उनले आजकै मितिदेखि लागू हुने गरी नगर अध्यक्ष पदसँगै पार्टीको साधारण सदस्यता समेत त्याग गरेको जानकारी दिएका छन्।
