काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए ।
कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र, जनसङ्गठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।
