सिरहा।सिरहाको लहानमा स्रोत नखुलेको १० लाख भन्दा बढी नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको लौकाहा ग्रामपञ्चायत–१, लौकाहा बजारको २४ वर्षीय राहुल कुमार रहेका छन्।
सनिवार बिहान करिब ९:३० बजे लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा खटिएको सशस्त्र प्रहरीको चेकप्वाइन्ट टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा इनर्वाबाट लहानतर्फ आउँदै गरेको यात्रुवाहक बस जाँच गर्दा राहुल कुमारको साथबाट नेपाली नगद रकम रु. १० लाख १ हजार ६ सय ९५ फेला परेको थियो।
सशस्त्र प्रहरीका अनुसार उक्त नगद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। हाल स्रोत नखुलेको रकमसहित राहुललाई भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार :