बरियारपट्टी – सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर १०, दहिपौडीमा आयोजित श्रीराम जानकी मेला महोत्सवमा यस वर्षको विशेष आकर्षणका रूपमा चर्चित कलाकार प्रिति पासवानको सम्पुर्ण टिमको साथ प्रस्तुति हुने भएको छ।

महोत्सवको अवसरमा चैत्र २५ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदैछ, जसमा प्रिति पासवानले आफ्ना लोकप्रिय नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिनेछिन्। रामनवमीको पावन अवसरमा प्रत्येक वर्ष आयोजना हुने यो महोत्सव दहिपौडीको एक ऐतिहासिक र सांस्कृतिक पर्वको रूपमा चिनिन्छ।

मेला आयोजक समितिका अनुसार, यस वर्षको कार्यक्रमलाई अझ भव्य र सांस्कृतिक रूपमा समृद्ध बनाउन विभिन्न आकर्षक कार्यक्रमहरूको तयारी गरिएको छ। महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, धार्मिक झाँकी, मेला स्टलहरू र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि रहने छन्।

“धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षणका साथै समुदायबीच सद्भाव बढाउने उद्देश्यले हामीले श्रीराम जानकी मेला महोत्सव आयोजना मेला समिति अध्यक्ष लालुबाबु (लालु) यादवले बताए  जानकारी दिए।

महोत्सवमा स्थानीय, जिल्लावासी तथा आसपासका क्षेत्रका दर्शकहरूलाई सहभागी भई महोत्सवको शोभा बढाउन आयोजकहरूले अनुरोध गरेका छन्।

सम्वन्धित समाचार :