वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा लेबनान र इजरायलबिचको युद्धविराम थप तीन हप्ताका लागि लम्बिएको छ। ह्वाइट हाउसको ओभल अफिसमा दुवै देशका राजदूतहरूसँगको उच्चस्तरीय वार्तापछि ट्रम्पले यो युद्धविरामको अवधि बढाउने सहमति भएको घोषणा गरेका हुन्।
इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको ज्यान गएको भोलिपल्टै भएको यो वार्तालाई पश्चिम एसियामा तनाव कम गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा बैठक निकै सकारात्मक रहेको उल्लेख गर्दै अमेरिकाले लेबनानलाई हिजबुल्लाहबाट जोगिन मद्दत गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
युद्धविराम लम्बिए पनि लेबनानको दक्षिणी क्षेत्रमा भने तनाव कायमै छ। इजरायली सेनाले त्यहाँ बफर जोन बनाएर कब्जा जमाएको छ भने छिटपुट आक्रमणका घटनाहरू भइरहेका छन्।
