• सम्पत्ति विवरण लुकाउने पुरानै प्रवृत्ति नयाँ सरकारले पनि कायम राखेको छ । राजनीतिक संक्रमणकालीन अवस्था पार लगाउन गठित वर्तमान सरकारको यो विरोधाभास प्रवृत्तिले सत्तामाथि सुशासन र पारदर्शिताको प्रश्न फेरि उठेको छ ।
  • भ्रष्टाचार अन्त्य र सुशासनको मागमा बनेको कार्की नेतृत्वको सरकारले ६७ दिनमा केही सुधारका काम गरे पनि सम्पत्ति विवरण लुकाउने, विवादित निर्णयहरू गर्ने र पारदर्शितामा चुक्ने पुरानै प्रवृत्ति दोहोरिएको छ।
  • महान्यायाधिवक्ताद्वारा आफ्नै कम्पनीलाई उन्मुक्ति दिने, राजदूत फिर्ता बोलाउने, भूमि आयोग खारेज गर्ने, कर छुट दिने र वायुसेवा निगममा मनपरी नियुक्ति जस्ता निर्णयहरू सर्वोच्च अदालत र विज्ञहरूबाट आलोचित भएका छन्।
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको सोमबार ६७ दिन पूरा भएको छ ।

    काठमाडौँ — भ्रष्टाचार अन्त्य र सुशासन कायम मुख्य माग राखेर भएको जेन–जी आन्दोलनको बलमा बनेको सरकारले यो अवधिमा केही राम्रा काम सुरु गरे पनि केही भने विवादित निर्णयहरू गरेको छ ।

    सरकार गठन भएको दुई महिना नाघिसक्दा पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । अर्कोतर्फ, मन्त्रिपरिषद्का निर्णयहरू पनि एकपछि अर्को विवादित भएर सर्वोच्च अदालतमा पुग्ने अनि अदालतले अन्तरिम आदेश जारी गरेर रोक्ने अवस्था सिर्जना भएको छ । राजदूत फिर्ता बोलाउने र भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चले अन्तरिम आदेश जारी गरेर रोकेको छ ।

    अर्थ मन्त्रालयले मोरिससको सेल कम्पनीमार्फत नेपालमा लगानी गरेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट र युरो थ्रीका सवारीसाधन आयात गर्न दिनेजस्ता निर्णय पनि विवादमा परेका छन् । कार्की नेतृत्वको सरकारकै कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी कसुरमा आफ्नै लगानीको कम्पनी ‘होप फर्टिलिटी’ लाई उन्मुक्ति दिलाएर विवादित बनेकी छन् । भण्डारीले गरेको निर्णयमाथि प्रधानमन्त्री कार्कीको मौनताले थप प्रश्न खडा गरेको छ ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमाथि सुशासनको गम्भीर प्रश्न उठाएर जेन–जी आन्दोलन भएको थियो । आन्दोलनबाट ओली सरकार विस्थापित त भयो तर सम्पत्ति विवरण लुकाउने पुरानै प्रवृत्ति नयाँ सरकारले पनि कायम राखेको छ । राजनीतिक संक्रमणकालीन अवस्था पार लगाउन गठित वर्तमान सरकारको यो विरोधाभास प्रवृत्तिले सत्तामाथि सुशासन र पारदर्शिताको प्रश्न फेरि उठेको छ ।
    सार्वजनिक पद धारण गरेका अधिकारीले दुई महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । कार्की नेतृत्वको दस सदस्यीय मन्त्रिपरिषद्मा दुई मन्त्रीबाहेक अन्यले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा गौतमले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।

    प्रधानमन्त्री कार्कीसहित बाँकी मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मितिमा सम्पत्ति विवरण बुझाइसकेका छन् । त्यो विवरण मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक गर्ने चलन भए पनि सरकारले हालसम्म सार्वजनिक नगरी गोप्य राखेको छ । नेपालमा सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि भएको हो । तर, सम्पत्तिको विवरण बुझाउनुलाई नैतिक विषयसँग मात्रै जोडिँदा र कानुनी रूपमा बाध्यकारी नपारिँदा मन्त्रीहरूले सम्पत्ति विवरण लुकाउँदै आएका छन् । तत्कालीन ओली नेतृत्वको सरकारले पनि करिब डेढ वर्षसम्म सम्पत्ति विवरण सार्वजनिक गरेको थिएन ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो वा परिवारका नाममा रहेको सम्पत्तिको विवरण राजपत्रमा सूचना प्रकाशन गरेर तोकिएको निकाय र अधिकारीसमक्ष पेस गर्नॅपर्ने व्यवस्था छ । २० असार २०७५ मा सार्वजनिक भएको राजपत्रमा राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

    Questions also abound over the government formed from the uprising against the regime.

    लोकतान्त्रिक प्रणाली रहेका मुलुकमा सार्वजनिक ओहदामा बस्नेहरूले पदमा जाँदा र बाहिरिँदा दुई पटक सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अभ्यास रहे पनि नेपालमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूले एक पटक पनि सम्पत्ति विवरण सार्वजनिक गर्न चाहँदैनन् । २०७९ मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेपछि सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार नै गरेका थिए । त्यसपछि दाहालले मन्त्रिपरिषद्बाट सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गराएका थिए ।

    २०७४ मा ओलीले नै सरकारको नेतृत्व गरेका बेला भने प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो । त्यति बेला परराष्ट्रमन्त्री रहेका प्रदीप ज्ञवालीले पदमा जाँदा र हटेपछि दुई पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर अपवाद बनेका थिए । यस पटक त जेन–जी आन्दोलनको मुख्य मुद्दा नै भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने थियो । त्यसैको बलमा बनेको कार्की नेतृत्वको सरकारलाई सम्पत्ति सार्वजनिक गर्ने दबाब पर्दासमेत हिचकिचाइरहेको छ ।

    मन्त्रिपरिषद्ले निर्णय गरेर सार्वजनिक नगर्दा कतिपय मन्त्रीहरूले व्यक्तिगत रूपमा समेत सार्वजनिक गर्ने प्रचलन छ । तर, वर्तमान मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्ने आँट गरेका छैनन् । कानुनले निर्दिष्ट गरेको ६० दिनको समयभित्र सम्पत्ति विवरण पेस नगरे पाँच हजार रुपैयाँ जरिवाना गरी निज र परिवारका नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्ने बाटो कानुनले दिएको छ ।

    तर, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था भने छैन । पेस गरिएको सम्पत्ति विवरण गोप्य राख्न सकिने प्रबन्ध ऐनको दफा ५० (४) मा छ । ‘यस दफाबमोजिम पेस हुन आएको सम्पत्ति विवरण गोप्य राखिनेछ,’ उक्त उपदफामा भनिएको छ । कार्कीपछि पहिलो चरणमा ३० भदौमा कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल मन्त्री भएका थिए । उनीहरू मन्त्री भएकै दुई महिना बढी भइसकेको छ । दोस्रो चरणमा अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल ६ असोजमा मन्त्री भएका थिए भने तेस्रो चरणमा १० कात्तिकमा सुधा गौतम, बब्लु गुप्त मन्त्री भएका थिए ।

    अहिले पनि सात मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ । मुलुकको तरल राजनीतिक संक्रमणकालीन अवस्थामा भूराजनीतिक सन्तुलन मिलाएर चल्नुपर्ने सरकारले परराष्ट्रजस्तो मन्त्रालयमा अहिलेसम्म मन्त्री ल्याउन सकेको छैन । चुनावी वातावरण निर्माणमा व्यस्त रहनुपर्ने प्रधानमन्त्री कार्की आफैंले परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत लिएकी छन् ।

    यो सरकारमाथिको अर्को विवादित विषय महान्यायाधिवक्ताले सिर्जना गरेकी छन् । कार्की नेतृत्वको सरकारकै कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी कसुरमा आफ्नै लगानीको कम्पनी ‘होप फर्टिलिटी’ लाई उन्मुक्ति दिलाएर अहिले विवादित बनेकी छन् । भण्डारी पहिलो महिला महान्यायाधिवक्ताका रूपमा २९ भदौमा नियुक्ति भएकी थिइन् । विगतका महान्यायाधिवक्ताहरू राजनीतिक स्वार्थका मुद्दामा उन्मुक्ति दिएर विवादित भएको पृष्ठभूमिमा उनले त्यस्तो निर्णय नगर्ने अपेक्षा गरिएको थियो । तर, उनले झन् आफ्नो प्रत्यक्ष स्वार्थ जोडिने मुद्दामा नै मुद्दा नचल्ने निर्णय गरेकी हुन् ।

    ‘होप फर्टिलिटी’ ले किशोरीहरूबाट डिम्ब निकालेर महँगोमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै महान्यायाधिवक्ताको कार्यालयले ३१ असोजमा मुद्दा नचलाउने निर्णय गरेपछि अहिले भण्डारीको राजीनामासमेत माग भएको छ । बबरमहलस्थित ‘होप फर्टिलिटी’ मा भण्डारीको २३ प्रतिशत संस्थापक सेयर छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा तानिएकी होपकी प्रमुख डा. स्वस्ती शर्मा भण्डारीकी सानिमाकी छोरी हुन् ।Questions also abound over the government formed from the uprising against the regime.

    होपमा भण्डारीकी छोरी डा. प्रत्युषा बराल पनि कार्यरत छिन् । प्रहरीले होपका डा. मालिना चौधरी, अश्मि अधिकारी, जस्टिना प्रधान र अलिशा ओलीमाथि पनि अनुसन्धान गरेको थियो । तर, महान्यायाधिवक्ता कार्यालयले कानुन नै नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णयपछि भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

    ‘होप फर्टिलिटी’ माथि डिम्ब तस्करीको कसुरमा सीआईबीले २६ असारमा अनुसन्धान सुरु गरेको थियो । बिचौलियाले किशोरीहरूलाई १०–१० हजार दिएर ‘होप फर्टिलिटी’ मा पुर्‍याएर अवैध रूपमा डिम्ब निकाल्ने गरेका थिए । उक्त डिम्ब २० लाख रुपैयाँसम्म बेच्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । महिनावारी भएको तेस्रो दिनदेखि १० दिनसम्म किशोरीलाई हार्मोनको ‘इन्जेक्सन’ दिएर डिम्ब निकालिएको विषयमा अभिभावकलाई थाहा दिने गरिएको थिएन ।

    सरकारमाथि सुशासनको प्रश्न उठेको अर्को विषय राजदूत फिर्तासम्बन्धी हो । ‘पिक एन्ड चुज’ शैलीमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णय पनि विवादमा परेको छ । कार्की सरकारले ११ राजदूतलाई ३० असोजमा फिर्ता बोलाएको थियो । त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले १६ कात्तिकमा सुनुवाइ गर्दै सरकारले निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने, दूरगामी महत्त्व र कूटनीतिक प्रभाव पर्ने निर्णय गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेको थियो । त्यसको भोलिपल्ट सरकारले राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेपछि यो विषय झनै विवादित भयो ।

    फिर्ता भएका मध्ये ४ राजदूतले पदमा बसिरहन मनासिब नदेखेको भन्दै राजीनामा दिइसकेका छन् । २ जना परराष्ट्र मन्त्रालयको सम्पर्कमा छैनन्, बाँकी ५ राजदूत पनि परराष्ट्रको ‘एम्बास्डर्स रुम’ मा रहेको पुस्तिकामा हाजिरी जनाएर निस्कने गरेका छन् । यही कारण प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । उक्त निवेदनको सुनुवाइ पेसी ७ मंसिरमा तोकिएको छ ।

    पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो । चुनावी सरकारले राजदूतबिनाको परराष्ट्र नीति कायम गरेको र हालसम्म परराष्ट्रमन्त्रीसमेत नियुक्त गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

    सर्वोच्चले अर्को विषयमा पनि लगाम लगाइदिएको छ । सर्वोच्च अदालतले कानुनसम्मत नभएको भनी अन्तरिम आदेशमार्फत रोक लगाएको सरकारको अर्को निर्णय हो, भूमि आयोग र यसको जिल्ला संरचना खारेज । सर्वोच्चका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् । मन्त्रिपरिषद्ले २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।

    त्यसविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाएर ९ कात्तिकमा रिट दायर गरेका थिए । उक्त रिटमा ११ कात्तिकमा न्यायाधीश मेघराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै अन्तरकालीन आदेश जारी गरेको थियो भने १३ कात्तिकमा न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासले मुद्दाको फैसला नभएसम्म कार्यान्वयनमा रोक लगाएको थियो ।

    साथै गृहमन्त्री ओमप्रकाश अर्यालले ९ असोजमा विज्ञप्ति जारी गर्दै २३ भदौको जेन–जी आन्दोलन र २४ भदौको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको र आयोगको प्रतिवेदन प्राप्त नहुँदासम्म नियमित कानुनी कारबाही अगाडि नबढाइने निर्णय भएको जानकारी दिए । यो निर्णयले अपराध र विध्वंसात्मक कार्यमा संलग्नलाई फौजदारी कारबाहीको दायरामा ल्याउनुको सट्टा उन्मुक्ति दिन खोजेको भन्दै सरकारको विरोध भयो ।

    Questions also abound over the government formed from the uprising against the regime.त्यसपछि जाँचबुझ आयोगले नै विज्ञप्ति जारी गरेर फौजदारी अनुसन्धानमा आयोगको कामले केही असर नपर्ने जनाएको थियो । नेपाल बार एसोसिएसन र विभिन्न मानवअधिकारवादी संस्थाहरूले सरकारको उक्त निर्णयको विरोध गरेका थिए । गृह मन्त्रालयबाट जारी भएको विज्ञप्तिले दण्डहीनतालाई प्रोत्साहन दिने भनी आलोचना भएको थियो । गृह प्रशासनबाट आएको सूचना मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को व्यवस्थाविपरीत भएको बारको दाबी थियो ।

    त्यसैगरी नेपाल वायुसेवा निगमको अध्यक्ष नियुक्तिको निर्णय पनि विवादमा परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले १७ कात्तिकमा विक्रम राईलाई निगमको अध्यक्ष नियुक्त गरेकी थिइन् । प्रसादी एकेडेमी, ललितपुरका अध्यक्ष रहेका राईलाई यसअघि तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले पनि सञ्चालक समिति सदस्य नियुक्त गरेका थिए ।

    निगमलाई चार वटा जेट विमानका कारण कम्तीमा ५२ अर्ब रुपैयाँ ऋणको भारी छ । यस्तो अवस्थामा निगममा योग्य र सक्षम नेतृत्व ल्याउने अवसर थियो । कम्पनीको कानुनअनुसार तालुक मन्त्रालयका सचिवलाई पदेन अध्यक्ष बनाएर महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धा गरिनुपर्ने व्यवस्था छ । यो संरचना संक्रमणकालीन परिस्थितिमा अझ आवश्यक मानिन्थ्यो । तर प्रधानमन्त्री कार्कीले यस्तो प्रक्रिया अघि नबढाई राईलाई अध्यक्ष नियुक्ति गरेकी हुन् ।

    अन्तर्राष्ट्रिय बजारमा नेपाल वायुसेवाले कतार, टर्किस, क्याथे, सिंगापुरजस्ता ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नॅपर्छ तर अहिले यसको बजार हिस्सेदारी २० प्रतिशतभन्दा पनि कम छ । यस परिस्थितिमा अन्तर्राष्ट्रिय उड्डयन बजार बुझ्ने, व्यापार विस्तारमा अनुभवी व्यक्ति आवश्यक थियो । तर राई शिक्षण व्यवसायमा केन्द्रित व्यक्ति हुन्, ट्राभल व्यवसाय पनि पार्ट–टाइम मात्र चलाउँछन् ।

    निगमको कानुनको कमजोरीका कारण राजनीतिक नियुक्तिले बोर्ड सदस्य बन्ने क्रम दोहोरिइरहेको छ । तर, यसरी आएका व्यक्तिले ऋण व्यवस्थापन, घट्दो बजार हिस्सा पुनरुत्थान, आन्तरिक उडान बन्द हुने अवस्थामा पुगेको संकट तथा इजरायली कम्पनीलाई भाडामा लिएको इन्जिनको ४२ करोडसहित कम्तीमा १ अर्ब रुपैयाँ बक्यौता तिर्नेजस्ता कठोर निर्णय लिन सक्ने क्षमता राख्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ता निगमका कर्मचारीको छ ।

    यस्तै, निगमले महाप्रबन्धक नियुक्तिका लागि १५ दिनको विज्ञापन गरेको छ । पर्यटन सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छनोट समिति गठन गरिएको छ । तर समितिमै विवादास्पद पाइलट तथा राष्ट्रिय मातृभूमि पार्टीका नेता केबी लिम्बूलाई ‘विज्ञ’ सदस्य राखिएको निर्णयले चर्को आलोचना भइरहेको छ । यसले पुनः राजनीतिक हस्तक्षेपको पुनरावृत्ति देखाएको छ ।

    निगम सुधारका लागि यसअघि कम्तीमा १० वटा आयोग र समितिका प्रतिवेदन बनिसकेका छन् । निगमका एक सञ्चालक सदस्यका अनुसार तीमध्ये ३ वटा प्रतिवेदनका सुझावलाई आधार बनाएर प्रधानमन्त्री कार्कीले नेतृत्व चयनमा व्यावसायिकता र पारदर्शिता अपनाएमा अहिलेको आर्थिक संकटबाट निगमलाई निकास मिल्न सक्थ्यो । तर सरकारी निर्णयहरूले त्यो अवसर पनि छुटेको छ ।

    अर्थ मन्त्रालयले गरेको निर्णय पनि विवादमा परेको छ । सरकारले ‘ट्याक्स हेभन कन्ट्री’ मोरिससको ‘सेल कम्पनी’ मार्फत नेपालमा लगानी ल्याएको कम्पनीलाई आयकर छुट दिने विवादास्पद निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय विवादमा परेपछि अहिले परराष्ट्र र कानुन मन्त्रालयसँय राय माग गरिएको छ । नेपालमा १६ वटा कम्पनीमा लगानी गरेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिन सरकारले मोरिसससँगको सन्धिको सहारा लिएको थियो । तर सर्वोच्चले गरेको व्याख्यामा सन्धि कानुनभन्दा माथि नहुने देखिएकाले यो विवादित निर्णय भएको देखिन्छ । अहिले डोल्मालाई कर छुट दिने निर्णयसँगै उक्त सन्धि पनि सरकारले खारेज गरेको छ ।

    डोल्मालाई कर छुट दिन निर्णय प्रक्रियामा सरकारले उल्टो बाटो लिएको हो । पुँजीगत लाभमा लाग्ने २५ प्रतिशत करबाट डोल्मालाई उन्मुक्ति दिने र मोरिसससँग भएको सम्झौता खारेज गर्ने निर्णय भएको दुई सातापछि मात्र सरकारले त्यसो गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा राय मागेपछि झन् शंकास्पद देखिएको थियो । डोल्माले मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीमा रहेको २६ लाख कित्ता सेयर बेच्दा १ अर्ब १७ करोड नाफा गर्ने भएकाले सम्भावित २९ करोड ४४ लाख पुँजीगत लाभकर बन्छ । तर अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको निर्देशनका आधारमा आन्तरिक राजस्व कार्यालयले मोरिसससँगको सम्झौताका आधारमा डोल्माले पुँजीगत लाभकर तिर्न नपर्ने निर्णय गरेको थियो ।

    विवाद भएपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिव एकनारायण अर्यालसँग निर्णयबारे जानकारी मागेकी थिइन् । मन्त्रिपरिषद्को निर्णय तत्काल प्रमाणीकरण नगर्ने जानकारी अर्यालले दिएका थिए । प्रधानमन्त्रीसँग छलफल गरेपछि मुख्यसचिवले मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गर्ने अभ्यास छ । अर्थमन्त्री रामेश्वर खनाल र आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले भने कानुनबमोजिम नै डोल्मालाई कर छुट दिने निर्णय भएको दाबी गर्दै आएका छन् ।

    लगानीको स्रोतको पारदर्शिता र लगानीकर्ताको पहिचानका विषयमा खास सोधखोज नहुने मोरिससजस्ता देशमा कम्पनी खोलेर त्यसैका माध्यमबाट विभिन्न देशमा लगानी गर्ने प्रचलन छ । त्यसैले विभिन्न देशका लगानीकर्ताले मोरिसस, पानामा, ब्रिटिस भर्जिन आइल्यान्ड, केम्यान आइल्यान्ड, बहामासजस्ता देशमा ‘सेल कम्पनी’ खोलेर त्यसमार्फत प्रत्यक्ष वैदेशिक लगानीका रूपमा विभिन्न देशमा लगानी गर्छन् । यसका लागि यस्ता देशमा सेल (खोल मात्रका) कम्पनी दर्ता गरिएका हुन्छन् ।

    ३ अगस्ट १९९९ मा नेपाल र मोरिससबीच दोहोरो करमुक्ति सम्झौता (डीटीएए) भएकाले त्यहाँबाट आएको लगानीमा कर नलाग्ने व्याख्या सरकारले गरेको छ । नेपालको स्रोतसाधन उपयोग गरेर कमाएको आम्दानीमा तिर्नॅपर्ने करबाट मुक्ति पाउने गरी कुनै पनि सन्धिको अपव्याख्या गर्न नहुने भन्दै अहिलेसम्म कर अधिकारीहरूले त्यस्तो निर्णय गर्न सकेका थिएनन् । त्यसमा पनि डोल्मामार्फत आएको लगानी मोरिससको नभएर तेस्रो देशको भएकाले पनि त्यस्तो छुट दिन नमिल्ने भन्दै कर प्रशासकहरू हच्किएका थिए ।

    मोरिससको साइबर सिटी, मयावा टावरमा कार्यालय राखेर दर्ता गरिएको डोल्मा म्यानेजमेन्टमा मोरिससको लगानी भने ०.७५ प्रतिशत मात्रै हो । ९९.२५ प्रतिशत लगानी विभिन्न देशबाट मोरिससको उक्त कम्पनीमा लगेर नेपाल ल्याइएको हो । नेपालका विभिन्न कम्पनीमा लगानी गरेको डोल्माले यहाँ गरेको आम्दानीमा २५ प्रतिशत कर छुट पाउन गरेको ‘लबिइङ’ अनुसार सरकारले त्यस्तो सुविधा दिने निर्णय गरेको हो ।

    नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर लाग्ने भएपछि त्यसबाट उन्मुक्ति लिन डोल्माले अघिल्ला सरकारका पाला पनि ‘लबिइङ’ गरिरहेको थियो । राजनीतिक दबाबसँगै आन्तरिक राजस्व कार्यालय र अर्थ मन्त्रालयबीच लामो समयदेखि छलफल भइरहेको थियो । कार्की सरकारले नेपालमा आयात प्रतिबन्ध लगाइसकिएको ‘युरो थ्री’ मापदण्डका सवारीसाधन आयात अनुमति पनि खुला गरिदिएको छ । पूर्ववर्ती सरकारले गत ९ असारमा राजपत्रमा सूचना प्रकाशित गरेपछि सवारीसाधन प्रदूषण मापदण्ड २०८२ लागू भएको थियो । योसँगै चारपांग्रे सवारीसाधनमा ‘युरो सिक्स’ र दुईपांग्रे सवारीसाधनमा ‘युरो फाइभ’ लागू भएको थियो ।

    सरकारले वायु प्रदूषण नियन्त्रण गर्न भन्दै ‘युरो थ्री’ मापदण्डका सवारीसाधनको आयात रोक्ने निर्णय गरेको थियो । वन तथा वातावरण मन्त्रालयले सवारीसाधन प्रदूषण मापदण्ड लागू गरेसँगै २०६९ को पुरानो मापदण्ड खारेज भएको थियो । तर नयाँ सरकार बनेपछि ८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र पुनरुत्थानका लागि भन्दै निजी क्षेत्रलाई विभिन्न सुविधा दिने निर्णय गरेको थियो । त्यही सुविधाअन्तर्गत यो पनि एक हो ।

    यसअघि वन तथा वातावरण मन्त्रालयको प्रस्तावका आधारमा तत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाल सवारीसाधन प्रदूषण मापदण्ड २०८२ जारी गर्ने निर्णय गरेको थियो । तर, अहिले आयात छुट दिने प्रस्ताव भने वन तथा वातावरण मन्त्रालयबाट होइन, अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । यसले पनि सरकारको सुशासनको अवस्था देखाउँछ । अर्थतन्त्रको पुनरुत्थानका लागि विभिन्न सुविधा दिइएको र त्यहीअन्तर्गत भन्सारमा रोकिएका सवारीसाधनको आयात खुला गरिएको दाबी अर्थ मन्त्रालयको छ ।

    के भन्छन् विज्ञ ?

    ट्रान्सपरेन्सी नेपालका पूर्वअध्यक्ष खेमराज नेपाल सुशासन र भ्रष्टाचारलाई मध्यनजर राखेर सरकारले काम गर्न खोजे पनि कतै–कतै हतार र अपरिपक्वता देखिएको बताउँछन् । सरकारले निर्णय गर्दा नबुझेर वा कसैको भनाइकै आधारमा गर्दा विवादित हुन पुगेको उनको टिप्पणी छ । ‘कार्की सरकारबाट हालसम्म धेरै राम्रा र सुशासन कायम गर्ने काम भएका छन् तर एक–दुई काम विवादमा परेका छन्,’ उनले भने, ‘अनुभवको कमी र हतार तथा गलत सल्लाहमा गरेको जस्तो देखिन्छ ।’

    २४ भदौमा तोडफोड गर्नेलाई फौजदारी अभियोगमा अनुसन्धान गर्न नखोज्नु अपरिपक्वता भएको र राजदूत फिर्ता बोलाउने विषयमा राम्ररी नबुझेर प्रधानमन्त्रीले निर्णय गरेको उनले टिप्पणी गरे । मोरिससको कम्पनीलाई कर छुट दिने निर्णय पनि अपरिपक्व भएको तर अर्थमन्त्रीको नियत नै गलत थियो भन्ने आफूलाई नलागेको उनले धारणा राखे । ‘यद्यपि, अनावश्यक रूपमा सुरक्षाकर्मी र सल्लाहकार राखेर दुरुपयोग गर्ने कार्यविरुद्ध निर्णय गरेर सरकारले सही कदम चालेको छ,’ नेपालले भने ।

    सुशासन र भ्रष्टाचारका विषयमा अध्ययन र अनुसन्धान गरिरहेका दीपेश घिमिरेले जेन–जीको सरकारमा पनि दुई समस्या देखिएको तर्क गरे । ‘राजदूत र महान्यायाधिवक्ताको विवाद हेर्दा कानुनी शासनको धज्जी उडेको देखियो, स्वार्थको द्वन्द्वलाई संरक्षण गरेको देखियो,’ उनले भने, ‘स्वार्थको द्वन्द्वसम्बन्धी कानुन वा स्पष्ट परिभाषाको आवश्यकता पनि देखियो । एकातिर परराष्ट्रमन्त्री नियुक्ति नहुने, अर्कोतिर निर्वाचनको जिम्मेवारीमा अघि बढ्नुपर्ने सरकारले राजदूत फिर्ता बोलाउने निर्णय सुशासनको कसीमा नमिलेको उनले तर्क गरे ।

    संविधानविद् एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारीले स्वार्थको द्वन्द्वका विषयमा पहिला नै स्पष्ट नहुँदा यस्ता समस्या आउने दाबी गरे । महान्यायाधिवक्ताको विषयमा पनि यही देखिएको उनको तर्क छ । ‘केही निर्णयमा विवाद देखिएका छन् । यो बदनियत नै हो भन्न मिल्दैन,’ उनले भने, ‘मन्त्रीहरूको पृष्ठभूमि हेरिएन र हेर्ने संयन्त्र पनि छैन, सुशासनका प्रश्नहरू बढेर आउनु राम्रो होइन । पहिला पनि हुन्थ्यो र अहिले पनि भएको छ, यो हाम्रो सांस्कृतिक समस्या हो । यस्ता समस्यालाई स्विकारेर सच्याउनुपर्छ ।’

    सरकारका प्रवक्ता जगदीश खरेलले कुनै निर्णय गर्दा केही कमजोरी भए सरकारले सच्याएर अघि बढ्ने बताए । सरकारको एकमात्र उद्देश्य सुशासन कायम गर्ने भएको र यसबाट नचुक्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    सुशासनका ८ सवाल

    • सरकार बनेको ६७ दिन पूरा, तर मन्त्रीहरूको सम्पत्ति विवरण लुकाउने पुरानै प्रवृत्तिलाई निरन्तरता
    • नाबालिग किशोरीको डिम्ब तस्करीको कसुरमा आफ्नै लगानीको कम्पनीलाई मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
    • राजदूत फिर्ता बोलाउने निर्णयमा सर्वोच्चले लगाम लगाए पनि पूर्वप्रधानन्यायाधीश र न्यायाधीश सम्मिलित सरकारको बेवास्ता, राजदूतलाई फिर्ता बोलाएर मन्त्रालयमा हाजिर गराउँदै
    • भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय पनि कानुनसम्मत नभएको भन्दै सर्वोच्चबाट रोक
    • नेपाल वायुसेवा निगमको अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धा गराउनुको सट्टा मनमौजी नियुक्ति
    • नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुाजीगत लाभकर लाग्ने विज्ञको सुझावविपरीत मोरिससमा दर्ता भएको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने निर्णय
    • नेपालमा आयात प्रतिबन्ध लगाइसकिएका ‘युरो थ्री’ मापदण्डका सवारीसाधन आयात अनुमति खुला गरिदिने निर्णय
    • २४ भदौमा प्रदर्शनका नाममा भएका तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई फौजदारी कारबाहीको दायरामा ल्याउन प्रहरीले सुरु गरेको पहललाई रोक्ने गरी गृह मन्त्रालयबाट निर्देशन, विरोधपछि सरकार लचकसुशासन र पारदर्शिताको मुख्य मुद्दा उठाएर बनेको सरकार आफैं विवादमा तानिँदा जनआन्दोलनका अपेक्षा पूरा नहुने चिन्ता बढेको छ।काठमाडौँ — भ्रष्टाचार अन्त्य र सुशासन कायम मुख्य माग राखेर भएको जेन–जी आन्दोलनको बलमा बनेको सरकारले यो अवधिमा केही राम्रा काम सुरु गरे पनि केही भने विवादित निर्णयहरू गरेको

सम्वन्धित समाचार :