सिरहा, गोलबजार । नयाँ व्यवस्थापन र पूर्ण सुविधासहित लाइफ-लङ हेल्थ केयरले गोलबजारमा आफ्नो सेवा औपचारिक रूपमा पुनः सुरु गरेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय र स्वास्थ्य चौकीको दक्षिणपट्टि रहेको उक्त हेल्थ केयरले आजदेखि २४ घन्टा निरन्तर सेवा सुरु गरेको हो।

संस्थाका प्रतिनिधिहरूका अनुसार पुरानो स्थानबाट सरेर नयाँ स्थानमा थप सुविधा, सफा वातावरण र सहज पहुँचसहित स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। लाइफ-लङ हेल्थ केयरले सामान्य उपचार, रोग परामर्श, प्रयोगशाला परीक्षण र औषधि वितरणलगायतका सेवा निरन्तर प्रदान गर्दै आएको छ।

स्थानीयवासीहरूले नयाँ व्यवस्थापन र सुदृढ सेवाका कारण यस हेल्थ केयरप्रति थप विश्वास र भरोसा कायम हुने अपेक्षा व्यक्त गरेका छन्।

सम्वन्धित समाचार :