सिरहा : जेन–जी आन्दोलनको क्रममा मंगलबार कारागार र बाल सुधारगृहबाट भागेका तीनजनालाई सिराहा प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरस्थित कारागार र पर्साको बिर्तास्थित बाल सुधारबाट भागेका गरी तीनजनालाई शुक्रबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।लागुऔषध तथा हातहतियार खरखजाना मुद्दाअन्तर्गत जलेश्वर कारागारमा पुर्पक्षमा रहेका २६ वर्षीय रूपेशकुमार बैदार फरार भएको अवस्थामा पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।  उनका अनुसार पर्साको बिर्तास्थित बाल सुधारबाट फरार भएका बाल बिज्याइँकर्ताहरू जबर्जस्ती करणी मुद्दाका १४ वर्षीय मो। सद्दाम अन्सारी र कर्तव्य ज्यान मुद्दाका १५ वर्षीय मो। सहमद नदाफलाई पक्राउ गरी जिल्ला प्रहरीमार्फत सम्बन्धित कारागार र बाल सुधारगृहमा पठाउन समन्वय भइरहेको छ ।

सम्वन्धित समाचार :