काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उहाँको भनाइ छ । यदि त्यो अवस्था आयो भने नयाँ संविधान बनाउन सहज नहुने भट्टराईको तर्क छ । ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने, ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरुका हरेक कदम संवैधानिक होउन् । हामी समर्थन गर्छौँ ।’


