काठमाडौँ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले नेपालमा सोमबार जेनजीले गरेको प्रदर्शनको क्रममा भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगकी प्रवक्ता रविना समदसानीले नेपालबाट धेरै इमेल प्राप्त भएको बताउँदै, युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग हुनु दुःखद र अचम्म लाग्दो भएको बताइन्।

समदसानीले एक भिडियो सन्देश जारी गर्दै, प्रदर्शनकारी युवाहरूको मागलाई संवाद र शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न जोड दिएकी छिन् ।  उनले समस्याको समाधान अन्तर्राष्ट्रिय मान्य आधारभूत सिद्धान्त अनुसार गर्नुपर्नेमा पनि आग्रह गरेकी छन्।

सोमबार भ्रष्टाचार नियन्त्रणको मुख्य मागसहित जेनजीहरूले काठमाडौँसहित मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा १७ भन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्।

सम्वन्धित समाचार :