धनगढी । कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ। कारागार प्रशासनले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला लगायतका ठाउँमा स्थानान्तरण गरेको हो ।

साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना कैदी बन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।  जेलर चिरञ्जीवी सापकोटाका अनुसार उपचार पश्चात् निको भएका २९ जना कैदीबन्दी स्थानान्तरण भइसकेका छन् ।

अब १८ जना कैदी बन्दी मात्रै स्थानान्तरण गर्न बाँकी रहेका छन्। उनीहरूमध्ये एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने निको भएका १७ जनालाई कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ।

सम्वन्धित समाचार :