सिरहा — बरियारपट्टी गाउँपालिका–३ मा रहेको प्रभु बैंक शाखाले तीज पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा तीन जना महिला दिदीबहिनीलाई तीज पर्वमा प्रयोग हुने सामग्री सम्मानस्वरूप वितरण गरिएको हो।
सो सामग्री वितरण प्रभु बैंकका शाखा प्रमुख तारनी प्रसाद यादवले आफ्नै हातबाट गर्नुभएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले यस्तो पहलले महिलामा आत्मबल बढाउनुका साथै सामाजिक सहभागिता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रभु बैंकले समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै महिलाको सक्रियता र भूमिकालाई सम्मान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


