बरियारपट्टी — सिरहाको बरियारपट्टी बजारमा निर्माण सम्पन्न भइसकेको सार्वजनिक शौचालय अझै प्रयोगमा ल्याउन सकिएको छैन। बजारमा दैनिक सयौँ व्यापारी, विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार तथा सर्वसाधारण आउजाउ गर्ने भए पनि शौचालय सञ्चालनमा नआउँदा सर्वसाधारणलाई असुविधा भइरहेको छ।
विशेषगरी महिला दिदीबहिनी र बृद्धबृद्धालाई बढी समस्या भएको भन्दै स्थानीयवासीले बजार समिति अध्यक्ष ज्यूलाई तत्काल सार्वजनिक शौचालय सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
स्थानीयको भनाइमा बजार समितिले व्यवस्थापनमा चासो देखाए बजार थप व्यवस्थित हुने र सरसफाइमा पनि ठूलो सुधार हुने विश्वास गरिएको छ।


