मुकेश कुमार यादव बरियारपट्टी । सिरहामा सार्वजनिक शौचालय नहुदा यात्रुलाई सास्ती खप्नु परेको छन।मधेशको लाईफलाईन मानिने हुलाकी सडकखण्डमा छैन सार्वजनिक शौचालय। हुलाकी सडकखण्डमा सार्वजनिक शौचालय नहुदा सिरहा,सप्तरीको हजारौं सर्वसाधारण जनतालाई मधेश प्रदेशका अस्थायी राजधानी जनकपुरधाम जान दिनहु सास्ती खेप्नु परेको छ।सिरहा खुल्ला दिशामुक्त क्षेत्र घोषणा २०७४ चैत्र ९ गते भएपनि सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउनु दुःखदहो जनता माध्यमिक विद्यालय बरियारपट्टीका शिक्षक रामकुमार यादव भने ।कमला देखि बलान सम्म भगवानपुर गाउँपालिका,नवराजपुर गाउँपालिका,बरियारपट्टी गाउँपालिका,औरही गाउँपालिका र सिरहा नगरपालिकाको हुलाकी सडकखण्डमा सिमाना जोडिएको छ ।गाउँपालिका नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा करोडौ खर्च गरिदा पनि आधारभूत पूर्वाधारका रुपमा रहेका सार्वजनिक शौचालय निर्माणमा पालिकाले चासो नदिएपछि सर्वसाधारण आक्रोशित छन ।कमला देखि बलान सम्म हुलाकी सडकखण्ड ३२ किलोमिटरमा सिरहा,सनहैठा,गणेशपुर,औरही,बरियारपट्टी,जानकीनगार,सोनवर्षा गमहरीया र भगवानपुरमा साताको दुई दिन हाटबजार लागने गर्छ ।हुलाकी यस बजारमा विभिन्न काम विशेषले आएका आगन्तुक तथा यात्रुलाई सार्वजनिक शौचालय नहुँदा सडक किनार,झाडी तथा नालामा दिसा पिसाब गर्नुपर्ने बाध्यता छ ।सार्वजनिक स्थलमा शौचालय नहुदँदा बजार निस्कनु अघि घरमै शौच गर्नुपर्ने बाध्यता रहेको वा स्थानियको घरका निजि शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रदेश संसद जिवछी यादव भने ।वहाँले भने यस पालि स्थानिय सरकार,प्रदेश सरकार समन्वय ५ वटा शौचालय निर्मान गराउछु ।
नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश हो।खुला दिसामुक्त देश घोषणा गर्न कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु,जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि बोलाइएको थियो ।
मधेश प्रदेशका मुखमन्त्री लालबाबु राउतले २०७४ साल चैत्र ९ गते सिरहालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरे।घोषणासभा लागि ५० लाख रकम छुटयाइएको थियो ।घोषणासभामा मनोरञ्जनात्मक कार्यक्रमका लागि जनकपुरस्थित रंगदर्पणका कलाकारलाई ल्याइएको थियो ।लहानको महँगा होटल बुक गरी दिवा खाना,रात्रिबास र रात्रिभोज आयोजना गरिएको थियो तर आधारभूत पूर्वाधारका रुपमा रहेका सार्वजनिक शौचालय निर्माणमा मधेश प्रदेशका मुखमन्त्री लालबाबु राउतको ध्यान नै पुगेन औरही गाउँपालिका वडा ४का अध्यक्ष सुरेन्द्र प्रसाद यादव।


