काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए।
२०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा घर आगजनी,सरकारी गाडी तोडफोड लगायत अवाञ्छित क्रियाकलाप गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको थियो ।
जिल्लाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो विरुद्ध प्रसाईँसहित सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम ६ असारमा उच्च अदालत गएका थिए ।

_LHwqsXditQ.jpg)

