- गुन्डा नाइके युवराज गुरुङ (सानुभाइ) लाई ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरिएको छ।
- प्रहरीले उनलाई झैझगडा गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।
- यसअघि पनि उनी कुटपिट आरोपमा पक्राउ परेका थिए, र हाल सोह्रखुट्टे वृत्तमा अनुसन्धान भइरहेको छ।
काठमाडौं । गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।
उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।


