बरियारपट्टी ।अर्नमामा एक पुरुषको शव फेला परेको छ हत्याको आशंका ।पत्रकार संजय यादवले समाजिक संजाल लेखे गृह प्रशासनले मधेसमा शान्ति होइन अशान्ति फैलाएको टिप्पणी गरेको छ ।
सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।
डीएसपी पासवानका अनुसार मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।


