सिरहामा अबैध प्रतिबन्धित गाजाँ सहित तिन जना पक्राउ

सिरहामा अबैध प्रतिबन्धित गाजाँ सहित तिन जना पक्राउ
मुकेश कुमार यादव
लहान १२ भदौ । सिरहाको कल्याणपुरमा अबैध प्रतिबन्धित गाजाँ सहित तिन जना मानिस लाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
कल्याणपुर नगरपालिका वडा नम्बर ५ कमला बाध स्थित अ.प्र.पो. चिक्ना सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले लु.४५प.३१३६ र स.५प.२६२१ नम्बरको मोटरसाइकलहरु लाई चेकजाँच गर्दा गाजाँ सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको निज जिल्ला धनुषा न.पा.७ बस्ने बर्ष १९ को कृष्ण यादब, जिल्ला सिरहा मिर्चैया न.पा.८ बस्ने बर्ष ३६ को बिरेन्द्र प्रसाद यादब र सोही पछाडी सवार जिल्ला धनुषा न.पा.७ बस्ने बर्ष २४ को संतोष यादब रहेको छन ।
बोरामा लुकाई छिपाई ल्याएको गाजाँ २ के.जि. सहीत मानिसलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी ई.प्र.का.मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी विनोद घिमिरे बताएको छ