काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा नेता,कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरूलाई भिड नगर्नु भन्ने निर्देशन छ’, प्रवक्ता झाले बैठकपछि भने।

दलको बैठकले एक जना केन्द्रीय सदस्य र एक जना सांसद हरेक दिन जनसम्पर्कको लागि केन्द्रीय कार्यालय(घण्टीघर) बस्ने निर्णय समेत गरिएको प्रवक्ता झाले बताए ।

सम्वन्धित समाचार :