काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीलाई ऐनले दङ्गा नियन्त्रण गर्ने स्पष्ट म्यान्डेट दिएको बताएका छन् । काठमाडौँ उपत्यका हेर्ने नम्बर–९ पशुपतिनाथ बाहिनीको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आईजी अर्यालले ऐन अनुसार दङ्गा नियन्त्रण कार्ययोजनाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरिएको बताएका हुन् ।
दङ्गा नियन्त्रणमा परिचालन गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा रेजिमेन्ट गण गठन गर्न सरकारले स्वीकृति दिएको छ । रेजिमेन्ट गण स्थापना गरेर उपत्यकामा हुने दङ्गा नियन्त्रणको काम सुरु गरिने आईजी अर्यालले बताए ।
कार्यक्रममा पशुपतिनाथ वाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
