काठमाडौँ । भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् ।
केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
चैत १३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसँग शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ । तर, समय भने यकिन भइनसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
