सिरहा । औरही गाउँपालिका जेनरेशन–जेड (Gen Z) अभियानका संयोजक संतोष यादवले विद्यालयको शिक्षा प्रणाली सुधार गर्दै अनुशासनलाई पहिलो प्राथमिकतामा राख्ने क्रममा कडा प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार विद्यालयमा समयमै शिक्षक किन उपस्थित हुँदैनन्, विद्यार्थी समयमै किन आउँदैनन्, अनि विद्यालय, अभिभावक र प्रशासनबीच समन्वय किन कमजोर छ—यी सबै प्रश्नहरूको समाधान अब अभियानको मुख्य एजेण्डा हुने छ।
अध्यक्ष यादवले भने—
“विद्यालय शिक्षा प्राप्त गर्ने मन्दिर हो। यहाँ अनुशासित वातावरण कसरी बनाउने ? कसरी सुधार ल्याउने ? यही हाम्रो पहिलो प्राथमिकता हो।”
उनीहरूले स्थानीय तह, अभिभावक तथा विद्यालय प्रशासनबीच सशक्त सहकार्य गर्दै सकारात्मक शैक्षिक वातावरण निर्माण गर्ने तयारी गरेको बताएका छन्।
Gen Z को पहलले स्थानीय शिक्षा क्षेत्र सुधारका लागि नयाँ उत्साह र अपेक्षा बढाएको छ।


