बरियारपट्टी, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी बजारको अमृत पान पसलमा गए राति चोरी भएको छ। स्थानीय दिपेश कुमार साहको सो पसलमा राति लगभग १ बजे तला फुटाई चोरी गरिएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्तिहरुले नगद करिब ३ हजार रुपैयाँ तथा करिब १० हजार बराबरको खाद्यान्न सामग्री चोरी गरी सिटी रिक्सामा लोड गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बरियारपट्टीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ तेत्तीस बिगहाका राजलाल यादवका छोरा काशीन्द्र कुमार यादव र सोही नगरपालिका निवासी सूर्यदेव यादवका छोरा खुशीराम यादव रहेका छन्। उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, बजार क्षेत्रमा बढ्दो चोरी घटनालाई ध्यानमा राख्दै व्यापारीहरूले सुरक्षाका उपाय कडा बनाउन माग गरेका छन्। बरियारपट्टी बजार समिति अध्यक्ष अम्बे यादवले सबै पसलमा CCTV जडान गर्न आग्रह गर्दै सुरक्षामा लापरबाही नगर्न आग्रह गरे।

सम्वन्धित समाचार :