सिरहा, बरियारपट्टी — बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी बजारदेखि दुर्गा मन्दिरसम्मको सडक वर्षौंदेखि नबनेपछि स्थानीयवासीहरूले आज बिहान सडक अवरुद्ध (चक्काजाम) गरेका थिए। स्थानीयको दबाबपछि सडक डिभिजन कार्यालयले निर्माण कार्य सुरू गर्ने प्रतिबद्धता जनाएपछि चक्काजाम खुलेको छ।

स्थानीय संजय यादवका अनुसार वर्षौंदेखि पटक–पटक स्थानीय बासिन्दाले बाटो बनाउन  माग गर्दा पनि सम्बन्धित निकायले सडक निर्माणमा कुनै ध्यान नदिँदा बाध्य भएर आन्दोलन गर्नु परेको हो।

त्यसैगरी, स्थानीय विजय यादवले लगातार बिग्रँदै गएको सडकका कारण सवारीसाधन आवत–जावतमा समस्या बढ्नुका साथै धुलो–धुवाँ र हिलाले जनजीवन कष्टकर बनेको गुनासो गरे।

प्रतिबद्धता अनुसार सडक डिभिजनले समयमा बाटो बनाएन भने चक्काजाम सोमबार निरन्तरता हुन्छ नरेश यादवले भने। बरियारपट्टी बजार समितिलेको अध्यक्ष अम्बे यादवले आन्दोलनमा सहमति जनाउदै भने सरोकारवाला गरेको प्रतिबद्धता कुनै आनाकानी गरे थप आन्दोलन गर्न बाध्य हुनेछु।

आन्दोलनकारीहरूले तत्काल निर्माण प्रक्रिया अगाडि नबढाए थप कडा कार्यक्रम ल्याउने चेतावनीसमेत दिएका छन्।

वडा अध्यक्ष विनोद यादवले सडक डिभिजन कार्यालय लहानलाई ०८२ भदौ २२ गते बाटो बनाउन पत्र लेखेको थियो ।

सम्वन्धित समाचार :